Saturday, June 20, 2009

बारीको कान्लो मिचियो
केहि बोलीन
सोचेँ
छिमेकी हो
गार्हो सार्हो पर्दा काम लागेको छ
खेतको आली मिचियो
केहि बोलीन
पछाडी फर्किएँ
गाउँले हो
मर्दा पर्दा काम लागेको छ
यस पाली त
सिमानामा देशै मिचिएको छ
ईतिहास पल्टाएँ
न मर्दा काम लागेको छ
न पर्दा काम लागेको छ
मेरो देशको छातीमा कुल्चीने सामू
अहिले त मलाई
मेरो खीया लागेको खुकुरी
उधाउने रहर जागेको छ

No comments:

Post a Comment