Saturday, June 20, 2009

बारीको कान्लो मिचियो
केहि बोलीन
सोचेँ
छिमेकी हो
गार्हो सार्हो पर्दा काम लागेको छ
खेतको आली मिचियो
केहि बोलीन
पछाडी फर्किएँ
गाउँले हो
मर्दा पर्दा काम लागेको छ
यस पाली त
सिमानामा देशै मिचिएको छ
ईतिहास पल्टाएँ
न मर्दा काम लागेको छ
न पर्दा काम लागेको छ
मेरो देशको छातीमा कुल्चीने सामू
अहिले त मलाई
मेरो खीया लागेको खुकुरी
उधाउने रहर जागेको छ

Friday, May 29, 2009

म दुनियाँलाई मैले चाहेजस्तो बदल्नेछु

त्यसपछि म मेरो मुलुक बदल्नेछु

अनि म मेरो समाज बदल्नेछु

लगत्तै म मेरो घर बदल्नेछु

र मात्र

म आफु बदलिनेछु अन्तमा दुनियाँ मैले चाहेजस्तो हुनेछ

र मात्र

लगत्तै मेरो मुलुक बदलिनेछ

अनि मेरो समाज बदलिनेछ

त्यसपछि म मेरो घर बदल्नेछु

सबैभन्दा पहिले म आफु बदलिनेछु